काठमाडौं । मुगुम कर्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि प्रवेश खुलाइने भएको छ ।
गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि आइतबारबाट खुला गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले जानकारी दिए ।
सो गाउँपालिकाको वडा नम्बर २ मा विभिन्न पार्टनर रिमार, ठूलो कोइली, सानो कोइली, छापाखोला, चार्कुलगायत वनमा यार्सागुम्बा पाइने गरेको उनले जानकारी दिए ।
यार्सा संकलन गर्न जानेले मुगुका बासिन्दाले २ हजार र बाहिरी जिल्लाकाले २ हजार ५०० शुल्क तिर्नु पर्ने उनले बताए ।
यार्सा संकलनका क्रममा लुटपाट चोरी हुने भएकाले सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । यार्सा संकलन गर्ने क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गस्ती समेत गर्नेछ ।