close

लमजुङमा टिपर दुर्घटनामा परी चार जनाको मृत्यु

लमजुङमा टिपर दुर्घटनामा परी चार जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका-७ मा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

 

इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर लक्ष्मण पचभैयाका अनुसार आइतबार अन्दाजी ३ बजेतिर बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो ।

 

लमुजुङकाे  कोइलेनीस्थति मध्यपहाडी लोकमार्गमा भएको सो  घटनास्थलमा दुर्घटना भएकाे प्रहरीले जानकारी दिएको छ । 

 

मध्यनेपालकै कल्याङबेंसीबाट रामबजारतर्फ आउने क्रममा ढुंगा लोड भएको टिपर दुर्घटनामा परेको हो । 

 

उद्दार कार्य जारी रहेको र मृतकको पहिचान खुल्न नसकेको  प्रहरीको भनाइ छ ।  मृतक सबै पुरुष रहेकाे प्रहरीले बताएको छ । 

 

टिपरले च्यापिएर मृत्यु भएकाको शव निकालिएको र उनीहरुमध्ये ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।