close

६८ वर्षदेखि वृद्ध भत्ता पाइने

६८ वर्षदेखि वृद्ध भत्ता पाइने

Trulli
ADVERTISEMENT

सरकारले अब ६८ वर्ष पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै वृद्धभत्ता ६८ वर्षमा पाइने बताएका हुन् । हाल ७० वर्षमा पाइँदै आएको छ ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ताका लागि मात्रै एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ । 

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने बताएको छ ।