close

सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने अर्थमन्त्रीको घोषणा 

सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने अर्थमन्त्रीको घोषणा 

Trulli
ADVERTISEMENT

काठमाडौं । आगामी आर्थिक वर्षको आत्म निर्भरताका लागि अभियान वर्ष हुने बताएका छन् । आइतबार संयुक्त बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो जानकारी दिएका हुन् । 

 

‘यस अभियान अन्तर्गत आत्मनिर्भरताका लागि कृषि अभियान वर्ष हुनेछ । यसअभियानअन्तर्गत आन्तरिक उत्पादन बढाउन कृषि उत्पादन अभियान सञ्चालन गरिनेछ । नेपालको ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रका रुपमा विकास गरिनेछ । कृषि सहकारी समूह र सहकारीमा  संगठित गरी उपलब्ध खेतीयोग्य जमिन र बाँझो जग्गाको उपयोग गरी कृषि बढाइनेछ ।’

 

कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यस क्षेत्रको व्यवसायीकरण र यान्त्रीकरण  गर्ने बताउँदै उनले कृषकलाई सहज रुपमा मल बिउ उत्पादनका लागि प्रविधि सिँचाइ उपलब्ध गराउने बताए । 

 

‘लघु वित्तमार्फत् सहुलियत प्रदान गर्ने, कृषि उत्पादन संकलन निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने, कृषि उत्पादनको बिक्री वितरणका लागि बजारको व्यवस्था गर्ने तथा स्थानीय तहले तोकेका विशिष्ट कृषि तथा उपज न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्ने प्रत्याभूति गर्ने, प्राविधिक ज्ञान उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक गरेका एक÷एक जना जनशक्ति तथा सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने व्यवस्था मिलाएको छु,’ उनले भने ।