close

मानापाथी हिमालको फेदीमा भेटियो ताराको दुर्घटनाग्रस्त विमान

मानापाथी हिमालको फेदीमा भेटियो ताराको दुर्घटनाग्रस्त विमान

Trulli
ADVERTISEMENT

काठमाडौँ । आइतबार बिहानदेखि सम्पर्कविहीन रहेको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको छ ।

 

स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको स्थानभन्दा केही तल दुर्घटनामा परेको विमान रहेको जानकारी गराएको मुस्ताङ प्रहरीले जनाएको छ ।

 

सो स्थानमा जहाज दुर्घटनामा परेको सूचनापछि आएपछि खोजीमा खटिएका सुरक्षाकर्मीलाई त्यसतर्फ केन्द्रित गराइएको छ । तर अहिलेसम्म खोजी टोली सो स्थानमा पुग्न सकेका छैनन् । आकाशबाट खोजीमा खटिएको नेपाली सेनाको हेलिकोप्टर अहिले कोभाङमा रहेको सेनाले जानकारी दिएको छ ।

 

स्थानीयले औँल्याएको दुर्घटना स्थलभन्दा सेना अहिले कम्तीमा तीन घण्टाको दूरीमा रहेको समेत सेनाले जनाएको छ ।

 

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १० बजेर १७ मिने६ जाँदा सम्पर्कविहीन भएको थियो ।