close

टी-ट्वान्टी लिग खेल्ने ६ टोलीको घोषणा

टी-ट्वान्टी लिग खेल्ने ६ टोलीको घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिगका लागि ६ टिमको नाम तय गरेको छ। नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ । 


६ टोलीलाई 'होम एण्ड अवे’ को अवधारणमा खेलाउने क्यानको तयारी छ । कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएको बताएका छन् । उनी भन्छन्, ‘अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिँदै अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिने कुरामा आफूहरू प्रस्ट छौं ।’


बैठकले २०२२ अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिवि मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गरेको छ । 


राष्ट्रिय पुरुष टोली खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरिएको छ भने महिला टोलीका ए र बी श्रेणीका खेलाडीको ६ हजारको दर वृद्धि गरिएको छ भने सी श्रेणीका खेलाडीको पाँच हजारका दरले बढाएको छ । 


यस्तै सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक तीन हजारले, मैदान कार्यालय सहयोगीको मासिक पाँच हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।