रुपन्देही । बुटवलमा प्रेसरकुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिवसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रीय महासचिव सुरेश खनाल, केन्द्रीय सदस्य फणीन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्रकुमार श्रेष्ठ छन् रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए।
वैशाख २८ गते साँझ आठ बजे बुटवल–९ मिलनचोकमा रहेको आकाशेपुल तल प्रेसर बम बिस्फोट गराएको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले पत्रकार सम्मेलन गरी जनकारी गराएको हो ।
उनीहरूलाई जेठ १ गते बुटवलको नयाँगाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । उनीहरूको साथबाट प्रहरीले मोटरसाइकल ३ वटा, कुकर २ थान, मोबाइल ३ थान, बम बनाउन प्रयोग गरिने केही सामाग्री समेत बरामद गरेको छ ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिछेद ७ विस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान अघि बढेको प्रहरी प्रमुख केसीले बताए ।