close

सप्तकोसी नदीमा हाम फालेका युवकको जीवितै उद्धार

सप्तकोसी नदीमा हाम फालेका युवकको जीवितै उद्धार

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरी र सुनसरी सिमानास्थित सप्तकोसी नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको  छ ।

झापाको कमल गाउँपालिका-५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बुले बुधबार बेलुका सवा ७ बजे नदीमा हाम फालेका थिए । उनलाई तत्कालै उद्धार गर्न सफल भएको सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।