close

विमान दुर्घटनामा ज्यान गुमाउने एकै परिवारका सात जनाको सामूहिक अन्त्येष्टि

विमान दुर्घटनामा ज्यान गुमाउने एकै परिवारका सात जनाको सामूहिक अन्त्येष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव परिवारलाई बुझाइएको छ । 

आइतबार मुस्ताङको थसाङ गाउँपालिका–२ भएको दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गरी बिहीबार उनीहरूका आफन्तलाई हस्तान्तरण गरिएको हो । दुर्घटनामा परी २२ जनाको ज्यान गरएको थियो । 

मुस्ताङबाट सोमबार र मंगबार गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत् मृतकको शव काठमाडौं ल्याएको थियो ।

दुर्घटनामा परी धनुषाका एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् । उनीहरूको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि स्वयंभूमा राखिएकाे छ । 

धनुषाका राजन गोले मुक्तिनाथ दर्शनका लागि आमा–बुवा, काका–काकी र मामा–माइजुसहित तारा एयर चढेर मुक्तिनाथ जानेक्रममा विमान दुर्घटना भएको थियो । उनीहरुको शवलाई एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अन्तिम बिदाइ गरेका थिए ।