close

आज भोटो देखाउने जात्रा, गृह मन्त्रालयको यस्तो आग्रह

आज भोटो देखाउने जात्रा, गृह मन्त्रालयको यस्तो आग्रह

Trulli
फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ यात्रा अन्तर्गत आज (शनिबार) भोटो देखाउने जात्रा मनाइँदै छ । 

सबैभन्दा लामो जात्राको रूपमा समेत चिनिने रातो मच्छिन्द्रनाथको रथ यात्रा अन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउने प्रचलन छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने जनाएको छ । 

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ । 

शनिबार भए पनि भोटो देखाउने जात्राकै अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ ।