close

जातीय भेदभाव र छुवाछुत अपराध हो : प्रधानमन्त्री देउवा

जातीय भेदभाव र छुवाछुत अपराध हो : प्रधानमन्त्री देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीय र कानुनी रूपमा गम्भीर अपराध भएको बताएका छन् ।

‘छुवाछुतमुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनका लागि अधिकार रहेको बताएका हुन् ।

देउवाले जातीय भेदभाव र छुवाछुतको व्यवहार सभ्य समाजको कलंकका रूपमा रहेको भन्दै प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रता अनुभूति हुनेगरी जिउन पाउनुपर्ने उल्लेख गरेका छन् ।

मानव सृष्टि र सभ्यताको विकासक्रमसँगै प्रारम्भ भएको विभेद, विकृति र विसङ्तिंले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उनको भनाइ छ । 

समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बिचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु अपमानजनक कार्य भएको उनले बताएका छन् ।

सन्देशमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘कसैले कसैलाई पनि कुनै पनि किसिमको विभेद नगरौँ, सबै किसिमका विभेदको आ–आफ्नो ठाउँबाट प्रतिवाद गरौँ, भेदभाव विरुद्धका सबै कानुनको प्रभावकारी कार्यान्वयन गरौँ । सभ्य र समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रिय अभियानमा सहभागी बनौँ ।’