काठमाडौं । तत्काल निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन दिएको सर्वोच्च अदालतको आदेशको पक्षमा काठमाडौंमा प्रर्दशन भएको छ ।
शनिबार प्रभावित क्षेत्र टांगियाबासीले काठमाडौंमा प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम र्यालीसमेत गरेका थिए ।
राज्यबाट ५० वर्षदेखि बसोबास गरेका स्थानीयलाई विस्थापित गराउने षड्यन्त्र भइरहेको उनीहरूको भनाइ थियो । विमानस्थल बनाउने भए प्रभावित क्षेत्रका बासिन्दालाई विकल्पको रुपमा लालपूर्जासहित जमिन उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।