close

शिक्षकबाट हुने यौन दुर्व्यवहारका घटना बाहिरिँदै : १२ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको भन्दै जोरपाटीमा आन्दोलन

शिक्षकबाट हुने यौन दुर्व्यवहारका घटना बाहिरिँदै : १२ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको भन्दै जोरपाटीमा आन्दोलन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले छात्राहरुलाई यौन दुव्र्यवहार गरेको भन्दै अभिभावक आन्दोलनमा उत्रिएका छन् । 

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार  गरेको भन्दै अभिभावक आन्दोलनमा उत्रिएका हुन् । 

आठ वर्षअघि शिक्षकले बारम्बार आफूलाई बलात्कार गरेको भनी एक युवतीले घटनाको फेहरस्ति सार्वजनिक गरेसँगै एकपछि अर्को घटना बाहिरिने क्रममा शनिबार सो शिक्षालयमा सोही प्रकृतिको घटना सार्वजनिक भएको हो । 

महानगरीय प्रहरी वृत्त बौद्धले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवकोटी र उनकी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार आरोपित वार्डेन बस्नेत भने अहिले फरार छन् । उनको खाेजीकार्य भइरहेकाे महानगरीय प्रहरी वृत्त बाैद्धका डिएसपी ढुण्डीराम न्यौपानेले बताए । 

यस्तै, कक्षाकोठामै विद्यार्थीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका कमल गाउँपालिका–३ सहित धर्मभक्त माविका शिक्षक  शालिकराम पोखरेलमाथि इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धान भइरहेको छ । 

अभिभावक गीता राइले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । 

त्यसैगरी, जेठ १० गते छात्रलाई यौन दुव्र्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परे । विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा सो कलेजका संयोजकसमेत रहेका सामाजिक विषयका शिक्षक जनार्दन शर्मा पक्राउ परेका परेका थिए ।