close

वाम एकता आवश्यक छ, तर मेजर नेतालाई वास्ता छैन

वाम एकता आवश्यक छ, तर मेजर नेतालाई वास्ता छैन

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीच स्थानीय तह निर्वाचनमा सम्मानजनक तालमेल नभएको भनी असन्तुष्टि प्रकट गरेका छन् । 

शनिबार  पार्टीको सचिवालय बैठकमा सम्मानित नेता खनालले स्थानीय तहको निर्वाचनमा भएको तालमेललाई लिएर असन्तुष्टि प्रकट गरेका हुन् ।

सो क्रममा कांग्रेससँग भन्दा पनि बामपन्थीहरुबीच एकता हुनु वस्तुगत आवश्यकता भएको बताउँदै उनले भने, ‘बामपन्थीहरुबीच एकता हुनुचाहिँ वस्तुगत आवश्यकता हो । तर, वामपन्थी आन्दोलनका मेजर संगठनका नेता अहिले वामपन्थी एकताको पक्षमा छैनन् ।’