close

३६ किलोमिटर टाढाबाट खानेपानी ल्याएर चामुण्डा बिन्द्रासैनीवासीलाई खुवाइने

३६ किलोमिटर टाढाबाट खानेपानी ल्याएर चामुण्डा बिन्द्रासैनीवासीलाई खुवाइने

Trulli
ADVERTISEMENT

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिकाले नागरिकहरूलाई स्वच्छ खानेपानीको व्यवस्थापनलाई तीव्रता दिएको छ । 

मजुवा खानेपानी आयोजना विस्तारको कार्यमार्फत् स्थानीयलाई खानेपानी उपलब्ध गराउन छिमेकी भैरवी गाउँपालिकाबाट खानेपानी ल्याउने काम गरिरहेको हो ।  

उक्त खानेपानी चामुण्डा विन्द्रासैनी नगरपालिका-९ डंसुरसम्म ल्याउन करिब ३६ किलोमिटर दूरीमा पर्ने भैरवी गाउँपालिका-७ मजुवादेखि ल्याउने कामको सुरुवात भएको हो ।

शनिबार नगरप्रमुख गणेशकुमार शाहीले चामुण्डा बिन्द्रासैनी नगरपालिका-५ को कार्की डाडाँमा निर्माण हुन लागेको ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीको शिल्यान्यास गरेका छन् ।

निर्माणधिन खानेपानी ट्याङ्कीको शिल्यान्यास गर्दै नगर प्रमुख शाहीले ट्याङ्की निर्माण कार्यअसार मसान्तसम्म सक्ने गरी काम गर्न उपभोक्ता समितलाई निर्देशनसमेत दिए। 

खानेपानी निर्माण सम्पन्न भएपछि त्यहाँका प्रत्येक घरमा दैनिक २०० लिटरका दरले ५०० घरपरिवारलाई खानेपानी उपलब्ध हुनेछ ।