close

आछाममा चल्यो गोली

Trulli
ADVERTISEMENT

काठमाडौं । आछाममा गोली चलेको छ । 

जेठ १७ गते पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही मृत अवस्थामा फेला परेका छन् । सो  घटनाको सत्यतथ्य पत्ता लागउन र दोषीलाई कारबाह गर्न माग गर्दै स्थानीयले प्रहरीलाई शव उठाउन नदिएपछि उत्पन्न तनावका बीच गोली चलेको हो । 

सो क्रममा प्रहरीले हावई फायर र तीन राउन्ड अश्रुग्यास प्रहार गरेको छ । तर, स्थनीयले प्रदर्शनलाई जारी राखेका छन् ।

स्थानीय तहको चुनावलाई लिएर विवादकै बीच बेपत्ता भएका शाही पञ्चदेवल विनायक नगरपालिका–४स्थित घरनजिकै मृत भेटिएका थिए ।