काठमाडौं । जनकपुरधाममा बिदाका दिन सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । बिदाका दिन सावर्वजनिक सवारी साधन चलाएको भनदै प्रहरीले सरकारी सवारी धान नियन्त्रणमा लएको हो ।
शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।
चैत २४ गते बसको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको खपत न्यूनीकरणका लागि शनिबार र आइतबार बिदा दिने निर्णयबमोजिम हाल दुई दिन सार्वजनिक बिदा हुँदै आएको छ ।
तर, सरकारी सवारी सधान बिदाका दिन चलाएको भन्दै आलोचना हुँदै आएको छ ।