close

यस वर्ष १० दिनअगावै मनसुन सुरु : मौसम पूर्वानुमान महाशाखा

यस वर्ष १० दिनअगावै मनसुन सुरु : मौसम पूर्वानुमान महाशाखा

Trulli
ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम विभागले यस वर्षको मनसुन १० दिनअगावै सुरु भएको जनाएको छ । 

आइतबार विभागले एक विज्ञप्ति जारी गरी मौसम पूर्वानुमान महाशाखले अघिल्ला वर्षको तुलनामा यस वर्ष १० अगावै मनुसुन सुरु भएको जनाएको हो । 

नेपालमा मनुसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनुसुन आजैबाट प्रदेश–१बाट सुरु भएको जारी विज्ञप्तिमा उल्लेख छ । 
जारी विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको मनुसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भूभागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’