close

जबरजस्तीकरणको अभियोगमा २३ वर्षीय युवक पक्राउ

जबरजस्तीकरणको अभियोगमा २३ वर्षीय युवक पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय एक युवा पक्राउ परेका छन् । 

गोदावरी नगरपालिका- १४ ठैव बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-१ लुभुघाट घर भएका २३ वर्षीय अनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ । 

गोदावरी नगरपालिका-१ दमैटारस्थित सडक किनारामा माझीले चलाउदै आएको प्रदेश ३-०१-०२४ च ३५९७ नम्बरको हात्ती गाडीमा ती किशोरीलाई ललाई फकाई जेठ ९ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।