close

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

नवलपुर । नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका-६ भण्डारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

बारीमा काम गरिरहेका ६० वर्षीय डिल्लीराम थारूको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो बारीमा गएको बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । 

गम्भीर घाइते उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।