close

१२ जिल्लामा बाढीको सम्भावना

१२ जिल्लामा बाढीको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने (बाढी आउने) सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले 'नदीनालामा बहाव बढ्ने सम्भावना' रहेको बताउँदै 'आवश्यक सतर्कता अपनाउन' भनेको छ ।

प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालामा बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका प्रमुख तथा मझौला नदीहरूमा भने पानीको बहान सामान्य हुनेछ ।