close

हदम्यादबारे तत्काल पुनर्विचार हुँदैन : कानुनमन्त्री

हदम्यादबारे तत्काल पुनर्विचार हुँदैन : कानुनमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले तत्काल बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी गर्ने हदम्यादबारे पुनर्विचार नगर्ने बताएका छन् । 

विगत ८ वर्षका यौन घटना बाहिरिएपछि सोसँग सम्बन्धित कानुनबारे कायम रहेको हदम्याद हटाउन सरकारमाथि दबाब संसदमा बहस भइरहेका बेला सोमबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् । 

‘हदम्यादका कारण न्यायबाट वञ्चित हुन नपरोस् भन्ने यहाँहरूको भावनामा सरकार गम्भीर छ । त्यसैले यो बारेमा पब्लिक डिबेट सुरु हुनेवित्तिकै सरकारले सिरिसयली लिएर नेपाल कानुन आयोगलाई यस विषयमा अध्ययन गर्न भनेको छ’ उनले भने ।