close

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका –६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर मृत्यु भएको हो ।

दिउँसो पंखा चलाउनका लागि मल्टिपल्ग जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते  भएकी थिइन् ।

स्थानीय मेडिकल कठौनामा उपचार हुन नसकेपछि थप उपचारको लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पताल ल्याइएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।