close

असार १ गतेदेखि सातामा एक दिनमात्रै सार्वजनिक बिदा

असार १ गतेदेखि सातामा एक दिनमात्रै सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले यसअघि सातामा दुई दिन दिँदै आएको साप्ताहिक बिदा फिर्ता लएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरी यसअघि आफैँले गरेको सातामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिएको हो । 

सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएको छ ।

मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । तर, तर सेवा प्रवाहमा समस्या देखिएको सरकारको आलोचना  हुँदै आएको थियो ।