close

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज

Trulli
ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश उपसभामुख पुष्पा घर्ती विष्टले जानकारी दिइन् ।

विगतका अधुरा योजनालाई कार्यान्वयन गर्ने, विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकतामाथि प्रदेशसभा सदस्यले छलफलका क्रममा दिएका सुझाव समेटेर नीति तथा कार्यक्रम तयार पारिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बताए ।

उनका अनुसार विनियोजन विधेयक २०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको सेरोफेरोमै रहेर नीति तथा कार्यक्रम तयार पारिएको छ ।

कर्णाली प्रदेश मन्त्रिपरिषद्को आइतबारको बैठकले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ। नीति तथा कार्यक्रम पारित भएपछि आगामी असार १ गते प्रदेश सरकारले बजेट ल्याउनेछ ।