close

काठमाडौंको धोबी खोलामा शव भेटियो

काठमाडौंको धोबी खोलामा शव भेटियो

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक पुरुषको शव फेला परेको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । 

बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

धोबिखोला कोरिडोरको बाटो गोपीकृष्णबाट अगाडि (निलो पुल पुग्नुअघि) ढलाने पुलमुनि खोलामा शव भेटिएको कपन प्रहरीले जनाएको छ ।

शवको सनाखत भइसकेको  छैन । हराएका व्यक्तिका परिवारका सदस्यहरु सम्पर्कमा आइरहेको प्रहरीले जनाएको छ ।