close

'कुहिने र नकुहिने नछुट्ट्याएको फोहोर अब महानगरले उठाउँदैन'

'कुहिने र नकुहिने नछुट्ट्याएको फोहोर अब महानगरले उठाउँदैन'

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आजदेखि फोहोर उठाइने बताएका छन् । जसका लागि काठमाडौंवासीको सहयोग चाहिने बताएका छन् ।

“अब फोहोर उठ्नेछ, यो सबैको लागि निःसन्देह खुसीको खबर हो, अहिलेसम्म फोहोर थुप्रिएर पाउनुभएको दुःखका लागि क्षमाप्रार्थी छौँ, साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद छ,” मेयर बालेनले सामाजिक सञ्जालमा भनेका छन् ।

तरः काठमाडौंवासीले घरबाटै अब फोहोर कुहिने र नकुहिने छुट्याएर राख्नुपर्ने हुन्छ । घर, कार्यालय, होटेललगायत स्थानबाट कुहिने र नकुहिने गरी फोहोर छुट्ट्याएर निकाल्नुपर्ने उनले बताएका हुन् । त्यसरी नछुट्ट्याई एउटै भाँडोमा राखिएको फोहोर महानगरले संकलन नगर्ने उनले उल्लेख गरेका छन् ।

“फोहोर उठ्नु मात्रै यसको समाधान होइन, अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ, हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फालेर वा थुपारेर हुँदैन, समाधान तपाईंहरूको साथबिना सम्भव हुँदैन,यसैले हामी आग्रह गर्छौँ कि... फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किऊन्, कुहिने र नकुहिने फोहोरलाई छुट्ट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ'' उनले भनेका छन् । 

हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईंले छुट्ट्याइसकेको फोहोरलाई महानगरले पुनः एकै ठाउँमा मिसाउने गल्ती गर्ने छैन भने तपाईंले छुट्ट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्ट्याई ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन, यसको अर्थ हो, नछुट्ट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिनेछ, यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ,' उनले थपेका छन् ।