close

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध : २४ घन्टा पनि टिकेन प्रभावित क्षेत्रका जनप्रतिनिधि र मन्त्रालय महानगरबीच भएको सहमति

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध : २४ घन्टा पनि टिकेन प्रभावित क्षेत्रका जनप्रतिनिधि र मन्त्रालय महानगरबीच भएको सहमति

Trulli
ADVERTISEMENT

काठमाडौं । बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ । काठमाडौंको फोहोर फाक्न बन्चरेडाँडामा पुगेको महानगरका फोहोरवहाक गाडीलाई स्थानीयले अवरोध गर्दा स्थानीय र प्रहरीबीच झडप भएको हो । 

सोमबार विकास मन्त्रालय र काठमाडौं महानगरका प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमतिबमोजिम फोहोर फाल्न स्थानीयले अस्वीकार गर्दा दुई पक्षबीच झडप भएको हो ।

सोमबार मन्त्रालय, महानगर र प्रभावित क्षेत्रका बासिन्दाबीच के सहमति भएको थियो  ?  

सोमबार सहरी विकास मन्त्रालय तथा महानगर र प्रभावित क्षेत्रका प्रतिनिधिबीच आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने  सहमति भएको थियो ।

वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।

तर वार्ता टोलीको निर्णयलाई स्थानीयले अस्वीकार गर्दा फोहोर व्यवस्थापनमा पुन: असहज परिस्थिति सिर्जना भएको छ ।