close

‘बजेट सत्यनारायणको पूजामा पण्डितजीले दुई/दुई अक्षता दिएर देउतालाई बिदा गर्छन्, हामीले पनि अक्षता पायौँ’

‘बजेट सत्यनारायणको पूजामा पण्डितजीले दुई/दुई अक्षता दिएर देउतालाई बिदा गर्छन्, हामीले पनि अक्षता पायौँ’

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधि सांसद लक्षमणलाल कर्णले बजेट सत्यनारायण   ब्रतको कथाजस्तो भएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा उनले यही जेठ १५ गते सरकारले ल्याएको बजेटलाई सत्यनारायण भगवानको पूजामा पण्डितजीले अन्तिममा अध्यता छर्दै देउवाहरूलाई बिदाइ गरेकोजस्तै बताएका हुन् । 

‘यो बजेट सत्यनारायण भगवानको पूजाजस्तो हो । पण्डितजी आउँछन् । सबै देउतालाई बोलाउँछन् । र, अक्षता लिएर सबैमा दुई/दुईवटा छर्किन्छन् । त्यसपछि पानी हातमा लिएर भन्छन् सबैजना जहाँबाट आएका थियौँ । त्यहीँ जाऊ भन्छन्,’ उनले भने, यो बजेट पनि अक्षता छर्किनुबाहेक केही छैन । काम लाग्ने कुरा कुनै पनि गर्नुभएको छैन । हामीले पनि अक्षता पायौँ । हामी पनि आफ्नो घरतिर फर्किन्छौँ । मन्त्रीजीहरूलाई धन्यवाद पनि दिन्छौँ । बडा परिश्रम गरेर बजेट ल्याउनुभएको छ ।’