close

सप्तरीको रुपनीमा माइक्रोबस पल्टिँदा एक महिलाको मृत्यु,१० जना घाइते

सप्तरीको रुपनीमा माइक्रोबस पल्टिँदा एक महिलाको मृत्यु,१० जना घाइते

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको रुपनि गाउँपालिका -५ स्थित मुसहरनीया बसबिटी राजविराज सडकखण्डअन्तर्गत रुपनी ५ स्थित पाँच किलो भन्ने ठाउँमा माइक्रोबस पल्टिँदा एकजना महिलाको मृत्यु  र अन्य १० जना घाइते भएका छन् । 

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–१ रायपुर गाउँका ६८ वर्षीय तारावतीदेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

साे दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी अन्य १० जना व्यक्ति घाइते भएका छन् ।

घाइते हुनेहरुमा सप्तरीको शम्भुनाथ नगरपालिका-६ कठौना बस्ने वर्ष ४५ की बिलेवती देवी साह, रुपनी गाउपालिका-२ लौवति बस्ने वर्ष ३० कि निर्मलादेवी मंडल, वर्ष ३२ की गौरी मंडल, शम्भुनाथ-११ बस्ने वर्ष ५६ को रामनरायण चौधरी, डाक्नेश्वरी नगरपालिका-१ बस्ने वर्ष ३३ की लिला देवी सदा, वर्ष ३४ को धर्मेन्द्र सदा,रुपनी गापा -३ कटैया बस्ने वर्ष ३४ को रामा कुमार साह,सिरहा कर्जनहा न.पा. ८ बस्ने वर्ष ३६ को ओमनरायण पासवान, निजको श्रीमति वर्ष ३१ की ईन्द्रदेवी पासवान,निजको छोरा वर्ष ७ को आनन्द पासवान छन् । उनीहरूको रायपुरस्थित युनिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

लहानबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०२७७ नम्बरको मोइक्रोबस तीव्र गतिका कारण दुर्घटनामा परेको जनाइएको छ ।