close

रुखबाट लडेर पत्रकार पोख्रेलको मृत्यु

रुखबाट लडेर पत्रकार पोख्रेलको मृत्यु

Trulli
ADVERTISEMENT

रुपन्देही । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका–४ जैसीथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो ।

पोखरेल अफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उपचारका लागि गुल्मी अस्पतालमा ल्याए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । 

पोख्रेल पेशाले पत्रकार थिए। उनी नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेज र प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । भेटघाटका लागि पाँच दिनअघि पोख्रल घर आएका थिए ।