close

आज पनि सिसडोलमै रोकिए फोहोर बोकेका ट्रक

आज पनि सिसडोलमै रोकिए फोहोर बोकेका ट्रक

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक सिसडोलमै रोकिएका छन् । 

बञ्चरेडाँडाका आन्दोलित स्थानीयले आज पनि अवरोध गर्ने भएपछि ट्रक सिसडोलमै रोकिएका हुन् । 

आज बिहान काठमाडौंको फोहोर बोकेर ४० वटा जति ट्रक सिसडोल पुगेका छन् । 

स्थाीयले आन्दोलन गर्ने भएपछि आज पनि प्रहरीको सहयोगमा फोहोर बञ्चरेडाडाँमा फालिने छ । 

हिजो पनि फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको थियो ।

स्थानीयसँग सहमति नभइ फोहोर विसर्जन गर्न नदिने उनीहरूको अडान छ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनेवेशी नगरपालिकाका प्रमुखले फोहर फाल्न दिने सहमति गरे पनि स्थानीयले अवरोध कायम राखेका हुन् ।

प्रभावित क्षेत्रका वडाध्यक्ष र स्थानीयसँग सम्झौता हुनुपर्ने माग उनीहरूको छ ।

यस्तो छ स्थानीयको माग 

१. १५ दिन, तीन महिना र एक वर्षभित्र गर्न सक्ने कामको प्रतिबद्धता गर्नुपर्ने ।

२. फोहोर राति मात्रै लाने व्यवस्था गर्नुपर्ने तथा समयतालिका बनाएरमात्रै फोहोरको सवारी चलाउने प्रबन्ध मिलाउनु पर्ने ।

३. सिसडोल तथा बञ्चरेमा फोहार नगन्हाउने व्यवस्था मिलाउने ।

४. फोहारबाट निस्केको लिच्चड खोलामा नमिसाउने र खोलामा जान नदिने ।

५. सिसडोलबाट समेत निस्केको लिच्चडलाई तत्काल व्यवस्थापन गर्नु पर्ने ।

६. फोहोर यथास्थानमा फाले–नफालेको, फोहोरलाई पुरे नपुरेको अनुगमन गर्नको लागि महानगरले प्रभावित क्षेत्र धादिङ तथा नुवाकोटबाट १०/१० जना कर्मचारी नियुक्त गर्नुपर्ने ।

७. अनुगमन गर्न बजेट विनियोजन गर्ने ।

८. प्रभावित क्षेत्रको वर्गीकरण भइसकेको स्थितिमा कति क्षेत्रलाई अधिकरण गर्नुपर्ने तथा कति क्षेत्रलाई मुआब्जा प्रदान गर्ने भन्ने कुराको तय गरी राज्य समझ बजेट योजनको लागि पहल गर्नुपर्ने ।

९. बिमा हुनुपर्ने ।

१०. हस्पिटल बनाउन सिलान्यास गर्नुपर्ने ।

११. वरीपरिको क्षेत्रमा वृक्षारोपणको कार्य गर्ने ।

१२. फोहार व्यवस्थापनको लागि आवश्यक कर्मचारीहरू नियुक्ति गर्दा योग्यता अनुसार प्रभावित क्षेत्रका जनताहरूलाई प्राथमिकता दिनुपर्ने ।

१३. कृषि प्रवर्द्धनको लागि सहयोग गर्नुपर्ने ।

१४. बाटोको लागि बजेट विनियोजन हुनुपर्ने ।

१५. फोहोरबाट संचालन गर्न सक्ने उद्योगहरूको स्थापना हुनुपर्ने ।