close

एआईजी पोखरेलको बिदा अस्वीकृत

एआईजी पोखरेलको बिदा अस्वीकृत

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहले एआइजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् ।

आइजिपीको रेसमा रहेका पोखरेललाई सरकारले उनको ठाउँमा सिंहलाई नियुक्त गरेपछि पोखरेल बिदामा बसेका थिए । 

पोखरेलले बुधबार सहयोगीमार्फत् बिदाका लागि निवेदन दिएका थिए । 

आइजिपीको दाबेदार पोखरेल आइजिपी हुन नपाएपछि गत वैशाख १९ देखि बिदामा थिए । हालैको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा भएका थिए।