close

यस्तो छ शनिबारसम्मको मौसम

यस्तो छ शनिबारसम्मको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज (बिहीबार) प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा  सामान्यदेखि पूर्ण बदली  रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १ , मधेस प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार पनि  प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशमा  सामान्यदेखि पूर्ण बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेशका केही स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १ लगायत  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थानहरु र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।