close

पहिरोका कारण मुग्लिन-नारायणगढ र मुग्लिन-नौबिसे सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन-नारायणगढ र मुग्लिन-नौबिसे सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । वर्षासँगै खसेको पहिराेकाे कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको हो ।

चितवनको इच्छाकामना–६ तोपे खोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए । पहिराेकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

इच्छाकामना–४ स्थित नाग्दि खोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए । 

पहिरो हटाएर यातायात सुचारु गराउने प्रयास भइरहेको उनले बताए ।