close

धादिङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

धादिङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

Trulli
ADVERTISEMENT

काडमाडौं । धादिङको धुनिबेशी नगरपालिका-६ चालिसेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । 

गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा हिँडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।