close

अनुमति नलिई इन्टरनेट सेवा सञ्चालन नगर्न आग्रह

अनुमति नलिई इन्टरनेट सेवा सञ्चालन नगर्न आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिविना इन्टरनेट सेवा सञ्चालन नगर्न दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । 

बिहीबार प्राधिकरणले एक सूचना जारी गर्दै सो आग्रह गरेको हो । 

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘दूरसञ्चार ऐन,२०५३को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चानल गर्न नपाइने  कानुनी व्यवस्था गरेकाले अनुमति लिएर मत्रै सेवा सञ्चालन गर्न आग्रह गरिन्छ ।’

कानुनको बर्खिला गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी प्राप्त भएको प्राधिकरणको भनाइ छ ।