close

अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल विशेष विमानमार्फत् काठमाडौंमा

अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल विशेष विमानमार्फत् काठमाडौंमा

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन नेपाल आइपुगेका छन् । 

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी भइरहेको बेला उनी अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । उनको भ्रमणअवधि चार दिन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसअघि भारतको आँखाबाट नेपाललाई हेर्दै आएको नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन प्रोजेक्टसँगै नेपालमा अमेरिकी अधिकारीको बाक्लो आगमन हुँदै आएको छ ।