close

अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमणबारे किन बारम्बार प्रश्न

अमेरिकी प्यासिफिक कमान्डिङ जनरलको कार्यतालिका: पाँचखालदेखि सगरमाथा आधार शिविरसम्म

अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमणबारे किन बारम्बार प्रश्न

अमेरिकी प्यासिफिक कमान्डिङ जनरलको कार्यतालिका: पाँचखालदेखि सगरमाथा आधार शिविरसम्म

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तागठबन्धन दलको  मुख्य घटक नेकपा माओवादीका नेता गिरिजामणि पोखरेलले बिहीबार संसद्मा नेपाल अमेरिकी रणनीतिक सैनिक कार्यक्रममा जोडिन खोजेको हो भनी जिज्ञासा राखिरहँदा अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जेनरल चाल्र्स ए फ्लिन  विशेष विमानमार्फत् काठमाडौंमा आइपुगे । 

बिहीबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा सांसद पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेन्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे । 

त्यस्तै, यसअघि नेकपा (एमाले)का सांसद भीम रावलले नेपालका प्रधानमन्त्री शेरबहादुरजी अमेरिकी रक्षा मन्त्रालयको निमन्त्रणमा अमेरिका जाँदै हुनुहुन्छ भन्ने भन्ने सुन्नमा आएको र सोको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भनी जवाफ मागेका थिए । 

असार १३ देखि १७ सम्म नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको छ । सोभन्दा अघि अमेरिकी अधिकारीको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

नेपाली सेनाको प्रतिक्रिया

नेपाली सेनाले अमेरिकी कमाण्डका जर्नेलको नेपाल भ्रमणलाई नेपाली सेनाले दुई देशका सेनामा सद्भाव, सुदृढ बनाउने बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण  सिलवालले सो बताएका हुन् । 

यस्तो छ कार्यक्रम 

नेपाली सेनाका प्रवक्ता सिलवालका अनुसार फ्लिनले शुक्रवार जङ्गी अड्डाको भ्रमण गरी महत्वपूर्ण  भेटवार्ता गर्नेछन् ।त्यसक्रममा सैनिक मुख्यालय भद्रकालीमा उनलाई गार्ड अफ अनरबाट सम्मान दिने कार्यक्रम छ ।

प्रधानसेनापति शर्मासँगको भेटपछि उनलाई नेपाली सेनाको अप्रेशनसम्बन्धी कार्यक्रमबारे ब्रिफिङ गरिनेछ ।

शनिवार बिहान जेनरल फ्लिन सगरमाथा आधारशिविरको भ्रमणमा जाने कार्यक्रम छ ।

आइतबार बिहानै उनले पाँचखालस्थित नेपाली सेनाको शान्ति सैनिक तालिम केन्द्रको भ्रमण गर्ने छन् ।

त्यहाँबाट फर्केर उनी काठमाण्डौँको शिवपुरीमा रहेको नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेज पुग्ने र सम्भवतः शिक्षार्थीहरूलाई सम्बोधन गर्ने बताइएको छ ।

यस्तै, अमेरिकी जर्नेल चाल्र्स ए फ्लिन चारदिने नेपाल भ्रमणमा भारत हुँदै आउने भएपछि प्रधानमन्त्रीपत्नी आरजु राणा बुधबारै भारत पुगिसकेकी थिइन् । 

अमेरिकी उपमन्त्री अज्रा जेयाको भ्रमण पनि विवादित 

अमेरिकी उपमन्त्री अज्रा जेयाको भ्रमणबारे विवाद भएको थियो । भारत हुँदै नेपाल भ्रमणमा आएकी जेयाले भारतमा तिब्बती धर्म गुरु दलाइ लामा र नेपालमा तिब्बती शरणार्थीलाई भेटेको भनी विवादित भएको थियो ।

भारत भ्रमणका क्रममा उनले तिब्बती धार्मिक नेता दलाइ लामासँग भेट गरेकी थिइन् । त्यस्तै, नेपाल भ्रमणका क्रममा उनले तिब्बती शरणार्थीसँग भेट गरेकी थिइन् । 

जेया जनवादी गणतन्त्र चीन र दलाइ लामाबीचको ठोस वार्तालाई प्रवर्द्धन गरी तिब्बतबारे समाधान खोज्न सघाउने जिम्मेवारी पाएकी अमेरिकी अधिकारी हुन् ।

यस्तै, केही समयपछि इन्डो प्यासिफिकका प्रमुख जोन लिनो पनि नेपाल भ्रमणमा आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।