close

बञ्चरेडाँडामा उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुँदै  ​​​​​​

बञ्चरेडाँडामा उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुँदै  ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । बञ्चरेडाँडामा उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुने भएको छ। 

सहरी विकास मन्त्रालयले सोमबार नुवाकोट ककनी गाउँपालिका र धादिङ धुनिबेंसी नगरपालिका प्रमुखलाई राखेर बञ्चरेमा फोहोर फाल्ने सम्झौता गरे पनि विवाद सुल्झन नसकेपछि स्थानीय र स्थानीय प्रतिनिधि-सरकारबीच  शुक्रबार बिहान ८ बजे वार्ता हुन लागेको हो । 

वार्तामा सरकारतर्फको बाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र बञ्चरेडाँडा डम्पिङ साइट आयोजना प्रमुख रवीन्द्र बोहोरा सहभागी हुनेछन् । 

त्यसैगरी, ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा धुनिबेसी नगरपालिका वडा नम्बर १, ३ र ४ का वडाध्यक्ष र स्थानीय सहभागी हुनेछन्।