close

नेपाल-भारत सीमा क्षेत्रमा भारतीय पक्षले बनाएको नहर नेपाल सशस्त्र प्रहरीले भत्कायो

नेपाल-भारत सीमा क्षेत्रमा भारतीय पक्षले बनाएको नहर नेपाल सशस्त्र प्रहरीले भत्कायो

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा भारतीय पक्षले बनाएको नहर सीमा सुरक्षार्थ तैनाथ नेपाल सशस्त्र प्रहरीको टोलीले भत्काएको छ । 

नेपाल-भारत सीमावर्ती क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका ३, खैरागाउँबाट दक्षिणतर्फ भारतको सितामढी जिल्लाको श्रीखण्डीग्राम पञ्चायत-४मा मंगलबार मध्यराति भारतीय सुरक्षा फौजले खनेकाे कुलो नेपालको शसस्त्र बलले भत्काइदिएको हो । 

भारतले कुलो खनेको स्थान नेपाल-भारत सहायक सीमा स्तम्भ ३००/६ (४) नम्बरबाट ३ मिटरभित्र पर्छ । 

भारतीयले खनेको कुलो कायम रहेको भए त्यहाँको पानी एकतृत भई नेपालतर्फ नै फर्किन्थ्यो । तर सशस्त्रले कुलो भत्काएपछि सो समस्या टरेको छ। 

नेपालतर्फ पानीको बहाव फर्काउन एकतर्फी कुलो/नहर खन्ने केही भारतीयलाई स्काभेटरसहित नियन्त्रणमा लिई सचेत गराएर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको महोत्तरीस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय स्रोतले जानकारी दियो ।