close

एमाले दृढताका साथ अघि बढिरहेको छ, वामगठबन्धन हुँदैन :ओली

एमाले दृढताका साथ अघि बढिरहेको छ, वामगठबन्धन हुँदैन :ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामगठबन्धन नहुने बताएका छन् ।

शुक्रबार विराटनगरस्थलमा सञ्चारकर्मीहरूसँग भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

‘केको वाम गठबन्धन, नेकपा एमाले दृढताका साथ अघि बढिरहेको छ,’ सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भने, ‘कांग्रेस, को–कोको गठबन्धनलाई वामगठबन्धनलाई वाम गठबन्धन भन्या तपाईले ? सरकारमा रहेका दलहरू वामपन्थी दल नै हाेइनन् ।’

आगामी निर्वाचनमा नेकपा एमालेले एक्लै चुनाव लड्ने तयारी गरिरहेको सो क्रममा उनले बताए ।