close

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

Trulli
ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । 

यस दिन नेप्से सूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरी कारोबार रकम पनि खुम्चिएकाे हो। २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता सेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

 

अघिल्लो कारोबार दिन अर्थात बिहीबार एक अर्ब ४७ करोड २६ लाख रुपैयाँबराबरको  कारोबार भएको थियो ।

शुक्रबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । त्यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ०.३० प्रतिशतले घटेको छ ।