close

संघर्ष समिति र सरकारबीच १८ बुँदे सहमतिपछि बन्चरेडाँडामा फोहोर फाल्न सुरु (सहमतिपत्रसहित)

संघर्ष समिति र सरकारबीच १८ बुँदे सहमतिपछि बन्चरेडाँडामा फोहोर फाल्न सुरु (सहमतिपत्रसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर  बञ्चरेडाँडा ल्यान्डफिल साइटमा खसाल्न सुरु गरिएको छ । 

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पीडित संघर्ष समिति र सरकारबीच  भएको सम्झौतापछि सो साइटमा फोहोर फाल्न सुरु गरिएको हो ।

यसअघि भएका सहमति कार्यान्वयन गर्ने, अवरोध हटाइ फोहोर फाल्न सुचारु गर्ने, तीनपिप्लेदेखि बञ्चरे डाँडासम्मको फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लागत कायम गर्ने, सो क्षेत्रका बासिन्दाका लागि वैकल्पिक बाटोको व्यवस्था गर्ने, फोहोर विसर्जनस्थल र फोहोर लैजाने बाटोमा उत्पन्न हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्नेलगायत १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।