close

पूर्वजनसङ्ख्या तथा वातावरणमन्त्री चौधरीको निधन

पूर्वजनसङ्ख्या तथा वातावरणमन्त्री चौधरीको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वजनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीको निधन भएको छ ।

उनकी छोरी रक्षाा चौधरीका अनुसार ५७ वर्षीय   क्यान्सरबाट पीडित पूर्वमन्त्री चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा  शुक्रबार राति निधन भएको हो ।

रामनारायणलाल दास र रुकमीनी कर्णकी छोरीका रुपमा वि.सं. २०२२ साल चैत्र ७ गते धनुषा जिल्लाको जनकपुर नगरपालिका–८ मा जन्मेकी चौधरीको विवाह सप्तरीको राजविराज–५ निवासी अधिवक्ता तथा नेकपा संयुक्तका नेता मदनमोहन चौधरीसँग भएको थियो ।