close

पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा श्यामसुन्दर तायल

पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा श्यामसुन्दर तायल

Trulli
ADVERTISEMENT

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ ।  

कैलालीको धनगढीका समाजसेवी तयाललाई समितिको सल्लाहकारमा मनोनीत गरिएको कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए । 

उनका अनुसार  भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धारलगायत कोषलाई विविध क्षेत्रमा योगदान पुर्‍याउन तायललाई कोषको निर्णयअनुसार सल्लाहकारमा मनोनयन गरिएको हो ।

तायलले कैलालीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।