close

लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकारका निम्ति 'गौरव यात्रा' आयोजना सम्पन्न

लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकारका निम्ति 'गौरव यात्रा' आयोजना सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको हक अधिकारका निम्ति 'गौरव यात्रा' आयोजना गरिएको छ ।

प्रत्येक जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइनन्छ । सोहीबमोजिम आज सो यात्रा गरिएको हो । 

नेपालमा पनि क्वयेर युथ ग्रुपको संयोजनमा २०७६ साल देखि जुन महिनाको दोस्रो शनिबार पारी गौरव यात्रा आयोजना हुँदै आएको छ ।

शनिबार माइतीघरमा भेला भएर मण्डला परिक्रमा गरी नयाँ बानेश्वरको एभरेस्ट होटेल अगाडि पुगेर कार्यक्रम टुंग्याइएको थियो ।