close

गठबन्धनविना पनि कांग्रेस उभिन सक्छ : महर

गठबन्धनविना पनि कांग्रेस उभिन सक्छ : महर

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धनविना उभिनै नसक्ने अवस्थामा भने नरहेको बताए ।

शनिबार स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले दलीय व्यवस्थाको विकल्प नभएको बताउँदै यस्तो बताएका हुन् । 

‘काँग्रेसलाई गठबन्धन भएपनि ठीक छ, नभए पनि ठीक छ’ उनले भने, ‘काँग्रेस गठबन्धन विना उभिनै सक्दैन भन्ने होइन ।’  

दलीय व्यवस्थामा गैरदलीयको उदय खहरे खोजाजस्तै भएको बताएका छन् ।तर, दलहरुले उम्मेद्वार चयनमा ध्यान दिन नसक्दा यस्तो अवस्था आउन सक्ने उनको भनाइ थियो । 

‘वर्तमान गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि भएको हो । काँग्रेस यसलाई अगाडि बढाउन तयार नै छ’ उनले भने ।