काठमाडौं । काठमडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र भाइरल वडाध्यक्ष मुकुन्द रिजालबीच भेटवार्ता भएको छ ।
शनिबार वडाध्यक्षको निवासमा बालाजुमा शाह र रिजालबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा काठमाडौं महानगरको फोहोर व्यवस्थापनबारे छलफल भएको बताइएको छ । यसअघि मेयर शाहको कार्यशैली चित्तबुझ्दो नभएको भन्दै आलोचना गरेका वडाध्यक्षले शाहलाई पार्टीभन्दा माथि उठेर शाहका जनमुखी अभियानमा सहयोग गर्ने बताए ।