close

साँझ ६ बजेसम्म मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङ्दी र न्यादी विद्युत‍्गृहबाट विद्युत् उत्पादन नहुने

साँझ ६ बजेसम्म मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङ्दी र न्यादी विद्युत‍्गृहबाट विद्युत् उत्पादन नहुने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहबाट विद्युत उत्पादन नहुने जानकारी दिएको छ । 

प्राधिकरणका अनुसार यी विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुनेछन् । 

गत वर्ष १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी-मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । 

पहिरोले मध्यमर्स्याङदी-मर्स्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका-८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।